रफाहमा इजरायलको निरन्तर बमबारी, पछिल्लो हवाई हमलामा ८२ प्यालेस्टिनीको मृत्यु

इजरायली हमलाले हमाससंगको वार्ता विथोलिएको कतारको प्रतिक्रिया

नेपालभ्युज

रफाहमा इजरायलको निरन्तर बमबारी, पछिल्लो हवाई हमलामा ८२ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । इजरायलले गाजा क्षेत्रको रफाहमा निरन्तर हमला जारी राखेको छ । इजरायली सेनाले उत्तरी गाजाको जबालिया र दक्षिणी रफाहमा निरन्तर बमबारी जारी राखेको हो ।

पछिल्लो २४ घण्टामा इजरायलको बमबारीका कारण कम्तीमा ८२ प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ । इजरायली सेनाले नयाँ आक्रमण शुरु गरेपछि ४ लाख ५० हजार भन्दा बढी प्यालेस्टिनी रफाह शहरबाट सुरक्षित स्थान तर्फ गइसकेका छन् ।

यस्तै १ लाख भन्दा बढीले उत्तरी गाजा छाडेका छन् । यसैबीच मध्यस्थकर्ता कतारले इजराइलको सैन्य अभियानले हमाससँगको वार्ताको वातावरण बिग्रिएको प्रतिक्रिया दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved