टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

नेपालभ्युज

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं ।  इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग टोटनहम पराजित भएको छ । टोटनहमको घरेलु मैदानमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी २ –० ले विजयी भएको हो ।

सिटीका इअरलिङ हराल्डले खेलको ५१ औँ मिनेतमा शुरुवाती गोल गरे । यस्तै उनले थपिएको इन्जुरी समयको पहिलो मिनेट मै पेनाल्टीमा अर्को खोल गरेका थिए ।

सिटी ३८ खेलमा ८८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अंक छ । समान खेलमा ६३ अंकसहित टोटनहम पाँचौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved