दिल्लीसँग लखनउ १९ रनले पराजित

नेपालभ्युज

दिल्लीसँग लखनउ १९ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग लखनउ सुपर जायन्ट्स पराजित भएको छ । गएराती भएको खेलमा दिल्लीले लखनउलाई १९ रनले हराएको हो । दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो ।

लखनउका निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए । दिल्लीका ईशान्त शर्माले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । उसका अभिषेक पोरेलले सर्वाधिक ५८ रन बनाए । लखनउका नवीन उल हकले २ विकेट लिए ।

यो जितसँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएका छन् । दिल्ली १४ खेलमा १४ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ । लखनउ १३ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब खेल्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved