एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज सकिने

नेपालभ्युज

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज सकिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज सकिदै छ । हिजोबाट सुरु भएको बैठक आजै सक्ने तयारी गरिएको छ ।

जारी बैठकमा हिजो अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही दस्ताबेजमाथि केन्द्रीय कमिटीका सदस्यहरूलाई १२ वटा समूहमा विभाजन गरेर छलफल भइरहेको छ । आजको बैठकमा समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि बैठक सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved