गिरीबन्धुमा बदनियत राखी निर्णय गराउनेमाथि थप अनुसन्धान अपरिहार्य छ : गगन थापा

नेपालभ्युज

गिरीबन्धुमा बदनियत राखी निर्णय गराउनेमाथि थप अनुसन्धान अपरिहार्य छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि स्टेट प्रकरणमा थप अनुसन्धान गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् थापाले जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा नीतिगत भ्रष्टाचार भएको उल्लेख गर्दै थप अनुसन्धान आवश्यक रहेको बताए ।

‘तत्कालीन सरकारले जबरजस्ती ढङ्गले गरेको निर्णय र कानुन संशोधन कति गलत र वदनियतपूर्ण थियो भन्ने पुष्टि त गरेको छ नै नीतिगत बाटोबाट हुने भ्रष्टाचारको उदाङ्गो पार्दिएको छ।’ थापाले भने ।

उनले यसअघि भने, ‘उक्त निर्णय अनुचित र वदनियतपूर्ण भएकोले यस्तो निर्णय गर्ने गराउने गलत नै हुन भन्नेमा अब द्विविधा भएन। अतस् यस्तो वदनियत राखेर निर्णय गर्ने गराउनेमाथि थप अनुसन्धान अपरिहार्य छ।’

सर्वोच्च अदालतको फैसलाले अपचलन भएका, बिक्री भएका सम्पूर्ण सरकारी स्वामित्वका जग्गा सरकारका नाममा फिर्ता ल्याउने बाटो समेत खुलेको थापाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved