काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको पहलमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग संसद भवन बानेश्वरमा छलफल भएको छ । छलफलमा सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नेबारे छलफल भएको हो ।
बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो नहुने बताए ।
‘हामी आफै निर्णय गर्न सक्छौं भन्ने सन्देश दिन जरूरी छ। प्रतिनिधि सभामा हुने सहमति/असहमति उहाँहरूले उतै मिलाउनु हुन्छ । हामी परिपक्व र विज्ञ सभाका सदस्यहरूले हाम्रो परिपक्वता देखाउने यस्तै अवस्थामा हो । त्यसैले बैठक सञ्चालन गर्न प्रतिपक्षमा रहनुभएका माननीयज्यूहरूले सहयोग गर्नुहोस्।’
छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा आफूहरूले अवरोध नगर्ने प्रष्ट पारे । ‘धन्यवाद प्रस्तावका लागि बस्ने राष्ट्रिय सभा बैठकमा हाम्रो अवरोध रहन्छ। यो हाम्रो पार्टीको निर्णय हो’, उनले भने ।
Facebook Comment
Comment