राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्याएर निकालिन्थ्यो : माधव नेपाल

नेपालभ्युज

राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्याएर निकालिन्थ्यो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्याएर निकालिएको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समितिको आठौं बैठकलाई सम्बोधन गर्दै उनले उपेन्द्रलाई ‘काम छँदाको भाँडो, काम सकिएपछिको ठाँडो’ बनाइएको बताए ।

‘तपाईँलाई उपेन्द्रले आफैँ राजीनामा दिएर अलग भएको हो कि भन्ने लाग्ला । होइन । निकालियो। मुन्ट्याउने काम मात्रै भएन’, उनले भने, ‘यदि उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकालिन्थ्यो । हिजो काम छँदाको भाँडो, काम सकिएपछि ठाँडो भनेजस्तै उपेन्द्र यादवको अवस्था देखिरहेका छौँ ।’

अध्यक्ष नेपालले जसपा नेपाल समाजवादी मोर्चाको एउटा महत्त्वपूर्ण घटक रहेको, केपी ओलीको प्रतिगमनका विरुद्ध जुध्ने सिलसिलामा आफूहरूसँगै बढेको र गठबन्धन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको पार्टीलाई विभाजन गरिएको भन्दै असन्तुष्टि जनाए ।

आफू नेतृत्वको पार्टी जसपा नेपाल विभाजन भएपछि उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले मंगलबार राजीनामा दिएका छन् । मंगलबार नै जसपा नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved