राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम पाठ गर्न दिने कांग्रेसको संकेत

नेपालभ्युज

राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम पाठ गर्न दिने कांग्रेसको संकेत

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने तयारी गरेको छ ।

सिंहदरबारमा जारी कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनेमा लगभग सहमति भएको बताइएको छ ।

बैठक सिंहदरवारमा बसिरहेको छ । कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्ने निर्णय गर्नेगरी छलफल भइरहेको छलफलमा सहभागी एक नेताको दाबी छ ।

कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बिहान नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएर नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए । प्रचण्डले कांग्रेसको माग बमोजिम छानबिन समिति गठन गर्न आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved