एम्बुलेन्स दुर्घटना हुँदा उपचार गरेर फर्किदैं गरेकी युवतीको मृत्यु

नेपालभ्युज

एम्बुलेन्स दुर्घटना हुँदा उपचार गरेर फर्किदैं गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीमा एम्बुलेन्स दुर्घटनामा पर्दा उपचार गरेर फर्किएकी एक युवतीको मृत्यु भएको छ । भारतमा उपचार गरेर घर फर्किरहेकी १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा बिहान भारतीय नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved