होर्डिङ बोर्ड ढल्दा मुम्बईमा १४ जनाको मृत्यु, दर्जनौं घाइते

नेपालभ्युज

होर्डिङ बोर्ड ढल्दा मुम्बईमा १४ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । भारतको मुम्बईमा एउटा ठूलो होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

आँधीका कारण १५ हजार वर्गफिटको विशाल बोर्ड ढल्दा चेपिएर अन्य ७४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड घर र पेट्रोल पम्पमा खसेको थियो ।

मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बिलबोर्ड खसेको थियो। होर्डिङ बोर्ड खसेर सवारी साधनहरू च्यापिएका छन् ।

घटनास्थलमा उद्धारका कामहरु भैरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । होर्डिङ बोर्डमा च्यापिएकालाई निकाल्न विभिन्न ठूला उपकरण प्रयोग गरिएका छन् ।

हेर्नुहोस् तस्वीर –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved