केजरीवाललाई सर्वोच्चको राहत, मुख्यमन्त्रीबाट हटाउन माग गरेको निवेदन खारेज

नेपालभ्युज

केजरीवाललाई सर्वोच्चको राहत, मुख्यमन्त्रीबाट हटाउन माग गरेको निवेदन खारेज

काठमाडौं । भारतको सर्वोच्च अदालतले अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन खारेज गरेको छ ।

निवेदनमा कथित मदिरा नीति मुद्दामा पक्राउ परेपछि केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गरिएको थियो । तर, सर्वोच्चले सो निवेदन खारेज गरिदिएको हो । यससँगै केजरीवाललाई केहि राहत मिलेको छ ।

न्यायमूर्ति सञ्जीव खन्ना र न्यायमूर्ति दिपङ्कर दत्तले यस मामिलामा दिल्ली उच्च न्यायालयको निर्णयमा अदालतले हस्तक्षेप गर्न नसक्ने निर्णय सुनाएका छन् ।

डिभिजन बेन्चले यस विषयमा कानुनी अधिकार नभएको बताएको छ ।

सर्वोच्चले दिल्लीका लेफ्टिनेन्ट गभर्नरले चाहेमा यस मामिलामा हस्तक्षेप गर्न सक्छन् । तर, अदालतले यस मामिलामा हस्तक्षेप नगर्ने बताएको छ ।

प्रवर्तन निदेशालय अर्थात ईडीले केजरीवाललाई मदिरा नीति मुद्दामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो।

हाल निर्वाचनलाई ध्यानमा राख्दै सर्वोच्चले उनलाई अन्तरिम जमानत दिएको छ । तर, केजरीवाललाई जुन १ मा फेरि उनी अदालतमा उपस्थित हुनुपर्नेछ ।

यस मामिलामा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया जेलमा छन् भने आम आदमी पार्टीका सांसद सञ्जय सिंह जमानतमा छन्।

पक्राउ परेपछि अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved