संसदीय छानबिन समिति नबने कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक पनि अवरोध गर्ने

नेपालभ्युज

संसदीय छानबिन समिति नबने कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक पनि अवरोध गर्ने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिलाई आफ्नो ‘बटम लाइन’ भएको दोहोर्‍याएको छ । सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यसअघिकै धारणालाई निरन्तरता दिएको हो ।

छानबिन समिति नबने राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद्को संयुक्त बैठक पनि अवरोध गर्ने उसले निर्णय लिएको छ । तर त्यो आफूहरूको चाहना भने नभएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

‘सामान्य संसदीय प्रक्रिया त अवरुद्ध नहोस् भन्ने पार्टीले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा रोक्न चाहेको वा रोक्न चाहन्छौँ भन्ने त थिएन नि’, बैठकपछि महतले भने, ‘तर जसरी सरकार प्रस्तुत भइरहेको छ । लाग्छ, सरकार नै रोक्न चाहिरहेको छ । त्यसैले हाम्रो त कुरै होइन, सरकार नै रोक्न चाहिरहेको छ ।’

उनले सरकारले बजेटमा पनि छलफल गराउन नचाहेको र छलफल नगराइ आफू खुसी गर्न पाइन्छ भन्नेतिर सरकारले सोचिरहेको हो कि भन्ने शंका लागिरहेको बताए ।

सहकारीमा जम्मा भएको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै उनीमाथि संसदीय छानबिन समितिमार्फत् छानबिन गरिनुपर्ने माग राख्दै नेपाली कांग्रेसले संसद् अवरोध गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved