एजेन्सी । भिटामिन सी, आइरन, क्याल्सियम, पोटाशियम जस्ता जरूरी पोषक तत्वले भरपूर अमलाको जुस पिउनु स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।
यो भिटामिन सीको राम्रो स्रोत पनि मानिन्छ । तपाईंले एक महिनासम्म दैनिक रूपमा दुईपटक यसको सेवन गर्नुभयो भने स्वास्थ्यमा विभिन्न लाभ दिन्छ ।
आज जानौं एक महिनासम्म लगातार अमलाको जुस पिउँदा पाइने फाइदाबारे ।
एक महिनासम्म दिनमा दुईपटक अमलाको जुस पिउँदा मेटाबोलिक रेट राम्रो हुन्छ । यसले ‘इरिटेबल बाउल सिन्ड्रोम’ को समस्या भगाउन पनि सहयोग गर्छ । यसले पाचन प्रणाली राम्रो हुन्छ ।
अमलाको जुसमा एन्टीअक्सीडेन्ट्स हुन्छन्, जसले फ्री रेडिकल्सहरूसँग लड्ने क्षमता दिन्छ । यसले ब्रेन सेल्सलाई ड्यामेज गर्ने वा नोक्सान गर्नबाट सुरक्षित गराउँछ । एक महिनासम्म यसको सेवनले स्मरण शक्ति पनि राम्रो हुन्छ ।
अमलाको जुस छाला र कपालका लागि पनि त्यत्तिकै राम्रो मानिन्छ । शरीरमा जम्मा भएको फोहोर तथा खराब तत्वलाई बाहिर निकाल्न पनि सहयोग गर्छ । जसले गर्दा छालाका दागधब्बा, डन्डीफोर, घाउ पनि हराउँदै जान्छन् । कपाल झर्ने समस्या पनि कम हुँदै जान्छ ।
एक महिनासम्म यसको जुस पिउँदा मधुमेहका बिरामीका लागि पनि धेरै फाइदा हुन्छ । यसले रगतमा सुगरको स्पाइकलाई रोक्छ र ब्लड सुगरलाई नियन्त्रित राख्छ ।
अमलाको जुस पिउँदा मेटाबोलिज्म रेट बढ्छ, जसले गर्दा शरीरको धेरै क्यालोरी बर्न हुन्छ । यसले तौल कम गर्न पनि सहयोग हुन्छ । तपाईं चियाको स्थानमा अमलाको जुस पिउन सक्नुहुन्छ ।
Facebook Comment
Comment