शिल्पा शेट्टीले त्यागेकी थिइन १० करोडको अफर

नेपालभ्युज

शिल्पा शेट्टीले त्यागेकी थिइन १० करोडको अफर

एजेन्सी । शिल्पा शेट्टी बलिउडमा फिटनेस फ्रिकको रुपमा चिनिन्छिन् । उनी आफ्नो स्वास्थ्यका लागि कुनै पनि खालको सम्झौता गर्दिनन् । शिल्पा शेट्टी ४८ वर्षकी भइसकेकी छन् तर, उनको अगाडि नयाँ अभिनेत्री पनि फिका लाग्छन् ।

शिल्पाको फिटनेस देखेर सबै अभिनेत्री तथा अन्य सामान्य व्यक्ति पनि लोभिने गर्छन् । त्यस्तै फिटनेस देखेर कतिपय कम्पनीले उनलाई विभिन्न अफर दिएर लोभ्याउन कोसिस पनि गरिरहेका हुन्छन् ।

शिल्पाले एक अन्तरवार्ताको क्रममा भनेकी थिइन्, उनलाई एउटा कम्पनीले १० करोडको अफर दिएको थियो । शिल्पासँग उक्त कम्पनीले दुब्लो हुने औषधिको विज्ञापन गराउन चाहन्थ्यो । तर, शिल्पाले उक्त कम्पनीको अफर अस्वीकार गरिन् ।

उनले आफूले गरेको मेहनतलाई कुनै औषधिको प्रयोगले यस्तो भएको भनेर देखाउन चाहँदैनथिन् । किनकि उनी फिट हुन योग, कसरत तथा सही खानपानमा विश्वास गर्छिन् । आफू पनि यही उपाय अपनाएरै अहिलेसम्म फिट भएको उनको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved