सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

नेपालभ्युज

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
प्रतिकात्मक स्केच

जनकपुरधाम । जनकपुरधामबाट सहकारी कर्मचारीको साथमा भएको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । लुटमा संलग्न देखिएको भन्दै जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमाथि २४ वैशाखमा धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई लुटेको आरोप छ ।

मोटरसाइकलमा आएका उनीहरुले हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए । उनीहरूबाट केही रकम प्रहरीले बरामद समेत गरेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved