काठमाडौैं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ८ दशमलव २६ अंकले बढेर १९७४ दशमलव ५० को विन्दुमा पुगेको छ ।
आज ३११ कम्पनीका ४९ हजार ७ सय ६४ पटकको कारोबारमा ७८ लाख ५७ हजार ०३१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसको कारोबार रकम ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १ सय ३८ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ० दशमलव २१ अंकले बढेर ३५० दशमलव ८२ को विन्दुमा पुगेको छ । आइतबार माइक्रोफाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने कर्पोरेट डिभेन्चरको कारोबार सबैभन्दा कम भएको छ ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ६४ प्रतिशतले बढेको छ ।
त्यस्तै, विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक २ दशमलव ४० प्रतिशत घटेको छ।
Facebook Comment
Comment