मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले र माओवादी केन्द्र

‘एमाले र माओवादी केन्द्रले सँगै सरकार छाड्ने तयारी गरेका छौँ’, माओवादी केन्द्रबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेका युवराज भट्टराईले नेपाल भ्युजसँग भने, ‘अहिले हामी आन्तरिक छलफलमा छौँ । छलफलको निष्कर्षपछि बाँकी विषय प्रष्ट हुन्छ ।’

नेपालभ्युज

मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले र माओवादी केन्द्र

काठमाडौं । मधेश प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्रले बाहिरिने तयारी गरेका छन् । केही दिनयताको तयारी आइतबार अन्तिम चरणमा पुगेको हो ।

‘एमाले र माओवादी केन्द्रले सँगै सरकार छाड्ने तयारी गरेका छौँ’, माओवादी केन्द्रबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेका युवराज भट्टराईले नेपाल भ्युजसँग भने, ‘अहिले हामी आन्तरिक छलफलमा छौँ । छलफलको निष्कर्षपछि बाँकी विषय प्रष्ट हुन्छ ।’

गत फागुन २१ मा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन गरेपछि मधेश सरकार पुनर्गठित भएको थियो । वैशाख ६ मा माओवादी केन्द्रले पुरानो मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरूलाई पठाएको थियो । एमालेले पनि त्यसै दिन आफ्ना मन्त्रीहरू सरकारमा पठाएको थियो ।

अघिल्लो हप्ता जसपा नेपाललाई विभाजित गर्दै अशोक राईको नेतृत्वमा जसपा गठन भएपछि मधेश सरकारमा धक्का पुगेको हो । त्यहाँ एमाले र माओवादी केन्द्रले जसपा नेपाललाई सत्ताबाट हटाएर आफूहरूको नेतृत्वमा सरकार गठनको तयारी गरिरहेका छन् ।

१०७ सदस्यीय प्रदेश सभामा एमालेसँग २३ र माओवादी केन्द्रसँग ८ सिट छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved