विद्यार्थी लिन हिँडेको स्कुल बसमा पेट्रोल बम प्रहार

नेपालभ्युज

विद्यार्थी लिन हिँडेको स्कुल बसमा पेट्रोल बम प्रहार
फाइल फोटो

चितवन । भरतपुर २० दद्राहानी पुलमा विद्यार्थी चढ्ने बसमा पेट्रोल बम प्रहार भएको छ ।

आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ । घटना बिहान साढे ८ बजे भएको हो ।

बम प्रहारबाट आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

६ जनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार भएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अखिल नेपाल क्रान्तिकारी लेखिएको पर्चा भेटिएको छ । पर्चामा ६ वटामा माग लेखिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved