मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

नेपालभ्युज

मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स प्लेअफमा पुगेको छ ।

गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता प्लेअफमा पुगेको हो ।

प्लेअफमा पुग्ने कोलकता पहिलो टोली बनेको छ । वर्षाका कारण १६ ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले सात विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो ।

एक सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले १६ ओभरमा आठ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो ।

जितपछि शीर्ष स्थानमा रहेको कोलकाताको १२ खेलमा १८ अंक छ । पराजित मुम्बइको भने १३ खेलमा आठ अंक मात्रै छ । मुम्बई भने यसअघि नै प्लेअफबाट बाहिरिसकेको छ ।

आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे चेन्नई र राजस्थान रोयल खेल्नेछन् भने बेलुका पौने ८ बजे हुने खेलमा बेङ्लोर र दिल्ली भिड्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved