अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइयोः अध्यक्ष यादव

नेपालभ्युज

अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइयोः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन् ।

मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरुको हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका हुन् । उपप्रधानमन्त्री यादवले २÷४ जना लोभी पापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जिते जस्तो सोच्नु दिवा स्वप्ना मात्रै रहेको बताए ।

निर्दलीय व्यवस्थाविरुद्ध लडेका काँग्रेस कम्युनिष्ट विरुद्ध पनि यस्तै षड्यन्त्र हुने गरेको बताए । पार्टीबाट केही लोभीहरु अलग्गिँदैमा जसपा नेपाल कमजोर नहुने दाबी गर्दै अब जसपा नेपाल थप गतिका साथ अगाडी बढ्ने स्पष्ट पारे ।

‘षड्यन्त्र गर्नेहरु मात्रै नभई त्यो व्यवस्था नै सखाप भए, अहिले आएर जसपा नेपाल विरुद्ध गरिएको षड्यन्त्र स्वरुप २/४ जनालाई फुटाएर लग्दैमा रण जितेको सोच्नु भ्रम मात्रै हो’ मधेसको मुद्दा, उनले भने ‘संघियता संस्थागत लगायतका मुद्दालाई कमजोर पार्ने उद्देश्यले पहिलेदेखि नै षडयन्त्र हुँदै आईरहेको थियो, सोही षड्यन्त्र स्वरुप अतृप्त आत्माहरुलाई प्रयोग गरेर जसपा नेपाल माथी मात्रै नभई मधेसमाथि प्रहार गरिएको हो ।’

उनले मधेसको मुद्दा र संघीयता संस्थागत गर्नका लागि पार्टीले थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने बताए । अर्को प्रसंगमा उपप्रधानमन्त्री यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved