एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु

नेपालभ्युज

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु गरेको छ ।

शनिबारबाट काठमाडौंको आलोकनगरस्थित पार्टी मुख्यालयमा सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार गरेको राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गरेका हुन् ।

त्यसैगरी सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन प्रतिवेदनको मस्यौदा बैठकमा प्रस्तुत गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार भोली (आइतवार) प्रस्तुत प्रतिवेदनहरूमाथि स्थायी कमिटीका सदस्यहरूले सुझाव दिनेछन् ।

नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामाथि पार्टी भित्र छलफल सुरु गरिएको हो ।

स्थायी कमिटीका सदस्यहरूले आईतवार छलफल गरेपछि सोमबार बोलाइएको पोलिटब्युरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले दिएको सुझावको आधारमा त्यसलाई पूर्णता दिने पनि प्रवक्ता खतिवडाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved