काठमाडौं । भारतको दिल्ली राज्यका अरविन्द केजरीवालले भारतीय जनता पार्टी (भाजपा)ले विपक्षीलाई हटाउन खोजेको आरोप लगाएका छन्।
कथित मदिरा नीति घोटालामा पक्राउ परेर अन्तरिम जमानत पाएपछि केजरीवालको यस्तो भनाई आएको हो । भाजपा चुनाव जित्न सफल भए सबै विपक्षी नेतालाई जेल हाल्ने केजरीवालको आरोप छ ।
शनिबार क्यानट प्लेसको हनुमान मन्दिरको दर्शन गरेपछि जनसभालाई सम्बोधन गर्दै केजरीवालले बजरंगबलीको आशीर्वादले चुनावको बेला जनताको बीचमा आउन सकेको बताए ।
उनले भने, ‘मोदी जी एक राष्ट्र एक नेताको मिशनमा दौडिरहेका छन्। सबै विपक्षी नेताहरूलाई जेल पठाइनेछ र जेलमा रहेका भाजपाका सबै नेताहरूलाई निकालिनेछ । भाजपाले चुनाव जितेको केही दिनपछि ममता, तेजस्वी, स्टालिन, उद्धव ठाकरे जेलभित्र हुनेछन्।’
केजरीवालले थप भने, ‘अर्को योगी आदित्यनाथ छन् र हामी उनको राजनीति अन्त्य गर्नेछौं ।’ उनले देशलाई तानाशाहीबाट बचाउन देशवासीसँग भिख माग्न आएको बताएका छन् ।
‘प्रधानमन्त्रीले हाम्रो पार्टीलाई कुचल्न कुनै कसर छोडेनन्, हाम्रा चार शीर्ष नेतालाई जेल पठाए, ठूला दलका चार नेता जेल गए भने पार्टी समाप्त हुन्छ । उनले पनि त्यही सोचेका थिए । तर, यो पार्टीको सोच होइन । जति धेरै थिच्नुहुन्छ, त्यति नै विस्तार हुँदै जान्छ।’ उनले भने ।
केजरीवालले भने, ‘मोदीजीलाई भेट्न जाने धेरै मानिसहरू भन्छन् कि मोदीजीले अरविन्द केजरीवाल र आम आदमी पार्टीको बारेमा १०/१५ मिनेट कुरा गर्छन् किनभने उहाँलाई थाहा छ यो पार्टी भविष्य हो। उनले आपालाई कुचल्न कुनै कसर छोडेनन्। ७५ वर्षमा प्रधानमन्त्री मोदीलाई जति उत्पीडन कुनै पार्टीले गरेको छैन।’ उनले भने ।
केजरीवालले शुक्रबार सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएका थिए ।
Facebook Comment
Comment