एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको छ । गएराति भएको खेलमा शुभमन गिल र साई सुदर्शनले शतकीय पारी खेलेपछि गुजरातले जितेको हो ।
गिलले एक सय ४ तथा सुदर्शनले एक सय ३ रन बनाए । त्यस्तै डेविड मिलरले अविजित १६ रन जोडे। अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले तीन विकेटको क्षतिमा दुई सय ३१ रन बनाएको थियो । जितका लागि दुई सय ३२ रनको लक्ष्य पाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ९६ रन मात्र बनाउन सक्यो ।
चेन्नईका ड्यारील मिचेलले ६३ रन तथा मोइन अलिले ५६ रन जोडे । महेन्द्र सिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए । जितपछि गुजरात १२ खेलमा १० अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । चेन्नई समान १२ खेलमा १२ अङ्कमा साथ चौथो स्थानमा छ ।
आईपीएल क्रिकेटमा शनिबार कोलकता नाईट राइडर्स र मुम्बई इन्डियन्स भिड्दैछन्। खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे इडेन गार्डेनमा शुरु हुनेछ ।
Facebook Comment
Comment