रातो मत्स्येन्द्रनाथको रथारोहण (तस्वीरहरु)

रातो मत्स्येन्द्रनाथको रथारोहण (तस्वीरहरु)

काठमाडाैं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गरिएको छ। आज वैशाख शुक्ल प्रतिपदाको दिन शुभ साइतमा मत्स्येन्द्रनाथको मुर्तिलाई पाटन मछिन्द्रबहालबाट ल्याएर पुल्चोकमा बनाउदै गरिएको रथमा रथारोहण गरिएको हो।

करिब १६०० वर्ष पुरानो मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा उपत्यकाकै सबैभन्दा लामो जात्रा हो। रथयात्रा वैशाख शुक्ल प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाइन्छ। रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोलटोलमा घुमाइन्छ।

हिन्दू धर्मावलम्बीहरुले रातो मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीहरुले ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्।

यो वर्ष वैशाख २९ गते शनिबारदेखि पुल्चोक गां:बहाल बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved