काठमाडौं । रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा हिजो २–१ र समग्रमा ४–३ को जित निकाल्दै रियल म्याड्रिड फाइनलमा पुगेको हो ।
खेलको सुरुवातमा एक गोलले पछि परेको रियललाई अन्तिमतिर मैदान प्रवेश गरेका जोसेलुले २ गोल गरे । उनको दुई गोलको सहयोगमा टोली फाइनल पुग्न सफल भएको हो । बायर्न म्युनिखका अल्फोन्सो डेविसले खेलको ६८ औँ मिनेटमा गोल गरेर अग्रता बनाएका थिए । बायर्न म्युनिखको घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।
रियलले अब फाइनलमा उपाधिका लागि जर्मन टोली बोरुसिया डर्टमण्डसँग खेल्नेछ । डर्टमण्डले सेमिफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई समग्रमा २–० ले हराएर फाइनल पुगिसकेको छ । च्याम्पियन्स लिगको फाइनल आगामी जुन २ तारिखमा हुनेछ ।
Facebook Comment
Comment