काठमाडौं । कोशी प्रदेशमा एमाले र माओवादी केन्द्रका प्रतिनिधिहरूले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन्।
पत्रमा उनीहरूले मुख्यमन्त्री कार्कीले पदको संवैधानिक र कानुनी हैसियत गुमाइ स्वतः पदमुक्त भइसकेको दाबी गरिरहेका छन्। ‘नेपालको संविधान बमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न माननीयज्यू समक्ष हार्दिक अनुरोध गर्दछौँ’, पत्रमा भनिएको छ।
उनीहरूको पत्र बुझेपछि मुख्यमन्त्री खापुङले आफूले अध्ययन गर्ने प्रतिक्रिया दिएका थिए। उनको भनाइ थियो, ‘यो पत्रलाई आधार मानेर नेपालको संविधान, प्रचलित ऐन कानुन र अभ्यासलाई मध्यनजर गर्दै हामीले अध्ययन गर्नुपर्ने हुनाले आज यहाँहरूलाई चिया पनि नखुवाइ बिदाइ दिन चाहन्छु।’
प्रदेश प्रमुख खापुङले बुधबार नै नयाँ सरकार गठनका लागि आह्वान गर्ने आकलन गरिएको छ।
प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र- नयाँ सरकार गठनको प्रक्रिया थालियोस्
Facebook Comment
Comment