झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव नमानेपछि बाटो ढुकेर हाने गोली

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छिन् । प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन् ।

नेपालभ्युज

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव नमानेपछि बाटो ढुकेर हाने गोली
घाइते छात्रालाई उपचार गर्न लैजाँदै गरेको फोटो र स्केच

विराटनगर । झापाको दमकमा छात्रा एनिका गजमेर (निशा)लाई गोली हान्ने मानिस उनकै पूर्व शिक्षक रहेको खुलेको छ ।

शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए । एनिकाको घर उदयपुर हो ।

एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन् । उनी ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय गएकी थिइन् ।

घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन् ।

१२ को परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छिन् ।

प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन् । यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ ।

एनिकाको शरीरमा लागेको गोली निकालिएको छ । उनको नाभि छेउमा गोली लागेको थियो । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

झापामा छात्रामाथि गोली हान्नेको खोजी तीव्र, भारततर्फको नाका सिल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved