झापामा छात्रामाथि गोली हान्नेको खोजी तीव्र, भारततर्फको नाका सिल

नेपालभ्युज

झापामा छात्रामाथि गोली हान्नेको खोजी तीव्र, भारततर्फको नाका सिल
घाइते छात्रालाई उपचार गर्न लैजाँदै गरेको फोटो र स्केच

काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गरेकी एक छात्रामाथि आक्रमण भएको भनिएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । मध्यान्न १२ बजे गोली लागेर अस्पताल भर्ना भएको भन्ने खबर पाएलगतै प्रहरी आक्रमणकारीको खोजीमा लागेको हो ।

आक्रमणमा परेर १८ वर्षकी एनिका गजमेर (निशा)को दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उनी परीक्षा दिएर फर्किरहेकी थिइन् ।

सूचना पाएपछि अस्पताल गएर हेर्दा अधिकारीको पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको देखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।

उनको शरीरका दुई ठाउँमा चोट देखिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको करिब निष्कर्षमा पुगेको छ ।

उनले भने, ‘आक्रमणकारीको खोजी भइरहेको छ । नाका सिल गरेर खोजी जारी छ ।’

सिरहाका अमितकुमार यादवले बाटो ढुकेर गोली हानेको बताइएको छ । उनी फरार छन् । गोली हान्नुको कारण खुलिसकेको छैन ।

१२ को परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved