इमरानले सेनासँग सम्झौता गरे पुन: प्रधानमन्त्री बन्नसक्ने पीटीआई नेताको दाबी

नेपालभ्युज

इमरानले सेनासँग सम्झौता गरे पुन: प्रधानमन्त्री बन्नसक्ने पीटीआई नेताको दाबी

काठमाडौं । जेलमा रहेका पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानले सेनासँग सम्झौता गरे पुन: प्रधानमन्त्री बन्नसक्ने खबर बाहिरिएको छ ।

जियो न्यूजसँगको कुराकानीमा खानको पार्टी पीटीआईका नेता फवाद चौधरीले यस्तो दाबी गरेका हुन् । सम्झौता भए सेनाको सहयोगमा वर्तमान प्रधानमन्त्री शाहबाज पदमुक्त हुने चौधरीको भनाई छ ।

फवादको यो बयान यस्तो बेला आएको हो, जब हालै खान र सेनाबीच कथित वार्तालाप चर्चामा छ । तर, चौधरीले सेनासँग खानले सम्झौता नगर्ने आशा व्यक्त गरे ।

यसअघि अप्रिल २८ मा खानले सेनासँग सम्झौता गर्न ग्रिन सिग्नल दिएको मिडिया रिपोर्ट बाहिरिएको थियो ।

इमरानको तर्फबाट खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीनले गत शनिबार पेशावरमा आर्मी कोर्प्स कमाण्डरसँग इफ्तार भोजमा सम्झौतालाई अन्तिम रूप दिएको दाबी थियो ।

जसअनुसार इमरान र उनकी श्रीमती बुशरा बेगमले तोशाखाना मुद्दामा १४ वर्षको जेलमा जमानत पाउने भएका थिए । साथै, गोप्य कागजात चोरीको मुद्दामा १० वर्ष जेल सजायमा पनि जमानत दिइने बताइएको थियो ।

तर, पीटीआई अध्यक्ष ब्यारिस्टर गौहर खानले यी दाबीहरू अस्वीकार गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved