एजेन्सी । त्यसो त अदुवाको सेवन सबैको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा आयुर्वेदिक गुण प्रसस्त मात्रामा पाइन्छ । अदुवा खानाले तपाईं मौसमी रोग तथा विभिन्न संक्रमणबाट बच्न सक्नुहुन्छ ।
अदुवा विशेषगरी पुरुषका लागि पनि फाइदाजनक मानिन्छ । यसमा सोडियम, पोटाशियम, आइरन, फाइबर र भिटामिन सी आदि जस्ता पोषक तत्व पाइन्छन् । यसले पुरुषको यौन स्वास्थ्यमा सुधार ल्याउन सहयोग गर्छ ।
अदुवा खाँदा पाचनतन्त्र बलियो हुन्छ । यसले मौसमी रोगबाट जोगिन सहयोग गर्दछ । अदुवा खाँदा घाँटी दुख्ने, रुघाखोकी जस्ता समस्याबाट पनि बच्न सकिन्छ ।
अदुवा खाँदा पुरुषको प्रजनन क्षमता पनि बढ्छ । यसले पुरुषमा टेस्टोस्टेरोन हर्मोन बढाउँछ जसले स्मर्पको क्वालिटीमा सुधार ल्याउँछ ।
अदुवा खाँदा रक्तसञ्चार पनि राम्रो हुन्छ । यसको नियमित सेवनले पुरुषमा यौन सम्बन्धी समस्या हुने खतरा कम हुन्छ । यसले शरीरलाई अन्य रोगबाट पनि बचाउन सक्छ ।
पुरुषले यौन स्वास्थ्यलाई राम्रो बनाउन चाहन्छन् भने अदुवाको सेवन गर्न सक्छन् । यसको सेवनले प्रीमेच्यौर इजेक्यूलेशन जस्तो यौन समस्या कम हुन्छ र शरीर स्वस्थ रहन्छ ।
अदुवा खानाले पुरुषमा अक्सीडेटिव स्ट्रेस कम हुन्छ र शरीर स्वस्थ रहन्छ । यसमा हुने एन्टीअक्सीडेन्टले फ्री रेडिकल्सलाई कम गर्छ ।
Facebook Comment
Comment