राष्ट्रपति बने २ करोडभन्दा बढी अवैध आप्रवासीलाई देशबाट निकाल्छु : ट्रम्प

नेपालभ्युज

राष्ट्रपति बने २ करोडभन्दा बढी अवैध आप्रवासीलाई देशबाट निकाल्छु : ट्रम्प

काठमाडौं । अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्ति प्रदर्शन गरिरहेका छन् ।

टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भए आफूले लागू गर्ने नीतिको खुलासा गरेका छन् ।

यस क्रममा उनले अमेरिकामा आप्रवासीको मुद्दा, देशको अर्थतन्त्रदेखि इजरायल–हमास युद्ध र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको सम्बन्धका बारेमा कुरा गरेका छन् ।

‘आप्रवासीहरू विरूद्ध के कारबाही गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘अमेरिकामा २ करोडभन्दा बढी अवैध आप्रवासी छन् । यी अमेरिकी नागरिक होइनन्। यो हाम्रो देशमाथिको आक्रमण हो । जसका कारण धेरै सहरको अवस्था बिग्रिएको छ ।’

ट्रम्पले थपे ‘उनीहरूको आवश्यकता छैन । हामी तिनीहरूलाई समातेर अमेरिकाबाट बाहिर पठाउनेछौं । हामी उनीहरूलाई जहाँबाट आएका थिए, त्यहीँ फिर्ता पठाउनेछौँ।’

उनले आफू राष्ट्रपति बने इजरायललाई सहयोग नरोकिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved