नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु, चुनाव एक महिना पछि

नेपालभ्युज

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु, चुनाव एक महिना पछि

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने महाधिवेशनले विभिन्न प्रस्ताव पारित गर्ने छ । राष्ट्रिय सभागृहमा सुरु महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

महाअधिवेशन अघि पत्रकारहरुले रत्नपार्कको शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकालेका थिए ।

केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी भएका हुन् ।

महाधिवेशनमा महासचिव रोशन पुरीले सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालले आर्थिक प्रस्ताव पेस गर्नेछन् । महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने छ ।

महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ ।

यसपटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दैछ । निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धिकरण समिति र संगठन समितिले टुंगो लगाउने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved