युद्धविरामका लागि हमासको सकारात्मक संकेत, ४० दिनका लागि युद्ध रोक्ने तयारी

नेपालभ्युज

युद्धविरामका लागि हमासको सकारात्मक संकेत, ४० दिनका लागि युद्ध रोक्ने तयारी

काठमाडौं । गाजामा युद्धरत प्यालेस्टेनी लडाकु समूहले युद्धविरामका लागि सकारात्मक संकेत देखाएको छ । हमासका प्रमुख इस्माइल हानियेहले युद्धविराम प्रस्तावप्रति सकारात्मक रहेको बताएका छन् ।

हमासको आधिकारिक वेबसाइटका अनुसार इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेललाई गरेको फोनमा हानियेहले युद्धविराम प्रस्तावलाई ‘सकारात्मक भावना’ का साथ अध्ययन गरिरहेको बताएका हुन् ।

उनले कतार र अमेरिकासँगै वार्तामा मध्यस्थता गरिरहेको इजिप्टले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

मध्यस्थकर्ताहरूले राखेको युद्धविरामको प्रस्तावले ४० दिनका लागि युद्ध रोक्ने र ठूलो संख्यामा प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गर्नेछ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार इजराइलको भ्रमण गर्दै हमासलाई युद्धविराम योजना स्वीकार गर्न आग्रह गरेका थिए । हमासका वरिष्ठ अधिकारी सुहेल अल–हिन्दीले पनि हमासले युद्ध नचाहेको प्रतिक्रिया दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved