कुशलले लिए वेस्ट इन्डिज ‘ए’ को तेस्रो विकेट

नेपालभ्युज

कुशलले लिए वेस्ट इन्डिज ‘ए’ को तेस्रो विकेट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रोे विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुशल भूर्तेलले तेस्रोे विकेट लिएका हुन्। यो उनको दोस्रो विकेट हो।

उनले वेस्ट इन्डिज ‘ए’ का केसी कार्टीलाई ४ रनमा आउट गरेका हुन्। वेस्ट इन्डिज ‘ए’ ले बुधबारको ब्याटिङ लयलाई निरन्तरता दिएर नेपालको ब्याटिङलाई चुनौती दिइरहेको छ।

प्रतिश जिसीले भने नेपालका लागि पहिलो विकेट लिए।

१३.२ ओभरमा ३ विकेटको क्षतिमा वेस्ट इन्डिजले १२६ रन बनाएको छ। टस जितेर वेस्ट इन्डिज ‘ए’ले ब्याटिङ रोजेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved