पञ्जाबसँग साविक विजेता चेन्नई ७ विकेटले पराजित

नेपालभ्युज

पञ्जाबसँग साविक विजेता चेन्नई ७ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले साविक विजेता चेन्नई सुपर किङ्सलाई पराजित छ ।

गएराति भएको खेलमा पञ्जाबले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १ सय ६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले सर्वाधिक ४६ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

जितपछि पञ्जाब १० खेलमा ८ अंकसहित सातौँ स्थानमा उक्लिएको छ भने चेन्नई १० खेलबाट १० अंकसहित चौथो स्थानमा छ ।

आईपीएलमा आज सनराईजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दैछन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved