मस्कोको सडकमा अमेरिकी र बेलायती ट्याङ्क (तस्वीरहरू)

नेपालभ्युज

मस्कोको सडकमा अमेरिकी र बेलायती ट्याङ्क (तस्वीरहरू)

काठमाडौं । युक्रेनसँगको युद्धका बीच रूसको राजधानी मस्कोमा अमेरिकी र बेलायती ट्याङ्कको प्रदर्शनी आयोजना गरिएको छ । यी ट्याङ्कहरू पश्चिमी देशहरूले युक्रेनलाई युद्ध लड्न दिएका थिए।

द मस्को टाइम्सका अनुसार रूसी सेनाले युद्धको समयमा तिनीहरूलाई कब्जा गरेका थियो । यी ट्याङ्की नजिकै रातो ब्यानर राखिएको छ, जसमा ‘हाम्रो जित निश्चित छ’ लेखिएको छ ।

ट्याङ्कहरूको यो प्रदर्शनी मस्कोमा एक महिनासम्म चल्नेछ। यसमा अमेरिकी ब्राडली ट्याङ्की, स्वीडिश सीभी ९० र फ्रेन्च एएमएक्स १० आरसी बख्तरबंद लडाकु गाडी समावेश छन्।

रूसमा बख्तरबन्द सवारी साधनको परेड पनि निकालिनेछ, जसमा ट्याङ्कका साथ उत्पादन गर्ने देशको झण्डा पनि राखिनेछ । मे ९ मा हुने विजय परेडमा विदेशी ट्याङ्कहरू पनि सामेल हुनेछन्।

ट्याङ्कहरूको यो प्रदर्शनी मे ९ मा मस्कोको रेड स्क्वायर विजय दिवस परेडसँगै चल्नेछ। यस दिन दोस्रो विश्वयुद्धमा रूसले नाजी जर्मनीमाथि विजय हासिल गरेको थियो।

गत वर्ष राष्ट्रपति पुटिनले क्रेमलिनको अगाडि १० मिनेट पश्चिमी देशहरूलाई धम्की दिएका थिए ।

क्रेमलिन रूसी राष्ट्रपतिको आवासीय परिसर हो, जुन मस्कोमा अवस्थित छ।

बेलायती सञ्चारमाध्यम इन्डिपेन्डेन्टका अनुसार युद्धमा अहिलेसम्म ३ हजारभन्दा बढी रूसी ट्याङ्क नष्ट भइसकेको छ । सन् २०२४ फेब्रूअरी २४ मा रूस–युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved