काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीकालागि ४ हजार ४ सय ६२ शिक्षकको लागि जागिर खुलेको छ । शिक्षक सेवा आयोगले आज विभिन्न समूहमा सातवटै प्रदेशका लागि विज्ञापन खुलाएको हो ।
खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ ।
सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार १ सय ३ जना , कोशीमा १ हजार ७७, गण्डकीमा ८ सय , मधेशमा ५ सय ८, लुम्बिनीमा ४ सय ९५, सुदूरपश्चिममा ३ सय २ र कर्णालीमा १ सय ७७ जनाका लागि आवेदन खुलेको सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।
Facebook Comment
Comment