न्यूजिल्याण्डसँग लगातार दोस्रो हारपछि पाकिस्तानका कप्तान बाबरले के भने ?

नेपालभ्युज

न्यूजिल्याण्डसँग लगातार दोस्रो हारपछि पाकिस्तानका कप्तान बाबरले के भने ?

काठमाडौं । न्यूजिल्याण्डसँगको पाँच खेलको टी–२० सिरिजमा लगातार दोस्रो पराजयपछि पाकिस्तानका कप्तान बाबर आजमले हरेक खेलमा केही नयाँ गर्ने प्रयास गरिरहेको बताएका छन् ।

पाँच खेलको टी–२० सिरिजको चौथो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ४ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

जवाफमा पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन मात्रै बनाउन सकेको थियो ।

उक्त खेल चार रनले जित्दै न्युजिल्याण्डले सिरिजमा २–१ को अग्रता लिएको छ ।

हारपछि बाबरले भने, ‘हामीले पहिलो ६ ओभरमा बढी विकेट गुमायौं । खेलाडीको चोटका कारण हामीले केही परिवर्तन पनि गर्नुपर्‍यो । हाम्रो योजना बेन्च बल परीक्षण गर्ने हो।’

‘हामी हरेक खेलमा केही नयाँ गर्ने प्रयास गरिरहेका छौं। आशा छ, विश्वकप अघि हाम्रो टोली सन्तुलित हुनेछ।’ उनले थपे ।

गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकपपछि बाबरले पाकिस्तानी टोलीको कप्तानी छाडेका थिए ।

तर, यो सिरिजका लागि बाबरलाई फेरि कप्तान बनाइएको छ ।

बाबर जुनमा हुने एकदिवसीय विश्वकपमा पाकिस्तानी टोलीको कमाण्डमा देखिनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved