कतारी राजालाई राष्ट्रपतिले स्वागत गर्दा त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

नेपालभ्युज

कतारी राजालाई राष्ट्रपतिले स्वागत गर्दा त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि विमानस्थल बन्द हुने विमानस्थल स्रोतले जनाएको छ ।

थानी मंगलबार बंगलादेशको ढाका हुँदै काठमाडौं आउने कार्यक्रम छ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका लागि विमानस्थल बन्द गर्ने प्रचलन छ ।

थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडल विमानस्थल पुग्नेछन् । थानी पौडेलेको निमन्त्रणमा नेपाल आउन लागेका हुन् । थानी निजी जहाजमा आउने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved