इजरायलका सैन्य गुप्तचर प्रमुख हलिभाले दिए राजीनामा

नेपालभ्युज

इजरायलका सैन्य गुप्तचर प्रमुख हलिभाले दिए राजीनामा

काठमाडौं । इजरायलका सैन्य गुप्तचर प्रमुख अहारोन हलिभाले राजीनामा दिएका छन् ।

हलिभा सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणपछि राजीनामा दिने पहिलो इजरायली अधिकारी हुन्।

गत वर्ष हलिभाले सुरक्षा कमजोरीको जिम्मेवारी स्वीकार गरेका छन् ।

सुरक्षामा लापरबाहीका कारण आक्रमण भएको उनले बताएका छन् ।

सन् २०२३ अक्टोबर ७ मा भएको हमलामा १२०० भन्दा बढी इजरायली मारिएका थिए भने सयौं इजरायली हमासले अपहरण गरेका थिए।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा मेजर जनरल अहारोन हलिभाले नयाँ गुप्तचर प्रमुखमा नियुक्त भएपछि आफ्नो पद छाड्ने बताइएको छ ।

हलिभाको राजीनामापछि इजरायली सेनाका धेरै उच्च अधिकारीहरूले पनि राजीनामा दिन सक्ने विश्लेषकहरूको विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved