ओलीले भने- कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको छ

नेपालभ्युज

ओलीले भने- कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको बताएका छन् ।

नेकपा स्थापनाको हीरक जयन्तीको अवसरमा एमालेद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

गाउँघरतिर ‘छोरी जन्मेपछि लाभै-लाभ’ भन्ने कथन रहेको सम्झाउँदै ओलीले भने, “नेपालमा पनि कम्युनिष्ट पार्टी जन्मेपछि लाभै-लाभ छ ।”

अगाडि उनले भने, “कम्युनिष्ट पार्टी यति लक्षिणको छ कि देशका लागि; यसको जन्म भयो कि राणा शासन फालिनेदेखि अनेक खालका उथलपुथल भएर जनताले जित्दै आएका छन् । देश, राष्ट्रियता, स्वाधीनता, राष्ट्रिय हितको पक्षमा कम्युनिष्ट पार्टीहरूको गर्व गर्नलायक काम गरेका छन् ।

फरक प्रसङ्गमा ओलीले वर्तमान सरकार जनताको सरकार भएको बताए । कोही नहुनेहरूको लागि सरकार रहेको उल्लेख गर्दै उनले भने, “विकासका कामहरू भएका छन्, जनतालाई सुशासनको प्रत्याभूति महसुस गराइएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved