राप्रपाले भन्यो : आफ्ना राजालाई पाखा लगाएकाहरूले विदेशी राजालाई सम्मान दिए!

नेपालभ्युज

राप्रपाले भन्यो : आफ्ना राजालाई पाखा लगाएकाहरूले विदेशी राजालाई सम्मान दिए!

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउने भएपछि सरकारले सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थानीको स्वागतको लागि सार्वजनिक बिदा दिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसैविषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत् भने, ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भएपनि सम्मान दिएछ !’

उनले नेपालका राजालाई पनि स्थान,श्रीपेच र इज्जत दिन माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved