पूर्वराष्ट्रपति भण्डारी भन्छिन्- नेपाली कम्युनिष्ट आन्दोलनमा देखिने विभाजन पदीय आकाङ्क्षाका कारण त होइन ? गम्भीर समीक्षा हुनुपर्छ

राष्ट्रिय गौरव पदकबाट सम्मानित

नेपालभ्युज

पूर्वराष्ट्रपति भण्डारी भन्छिन्- नेपाली कम्युनिष्ट आन्दोलनमा देखिने विभाजन पदीय आकाङ्क्षाका कारण त होइन ? गम्भीर समीक्षा हुनुपर्छ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

सोमबार नेकपा (एमाले) द्वारा आयोजित नेकपाको हीरक महोत्सवमा ‘राष्ट्रिय गौरव पदक’ बाट सम्मानित भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।

“नेपालको कम्युनिष्ट आन्दोलनमा देखिने गरेको पटक-पटकको टुट, फुट र विभाजन के सिद्धान्त, विचार र राजनीतिक कारणले भएका हुन् कि पदीय आकाङ्क्षा, भड्काव, अवसरवाद हाबी हुँदा भएका हुन् ? यस्ता विषयहरूको गम्भीर समीक्षा हुनुपर्छ,” उनले भनिन् ।

यसबारे गम्भीर समीक्षा गरेर ठोस निष्कर्ष निकाल्न नसकिए भविष्यमा थप लक्ष्य हासिल गर्न नसकिने उनले बताइन् ।

अरु देशका कम्युनिष्टहरूले किन र के-कति कारणले सफलता हासिल गरे भन्ने कुराको अध्ययन गरेर त्यसबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने उनले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved