अमेरिकालाई इजरायलको जवाफ : सेनालाई प्रतिबन्ध लगाए सम्पूर्ण शक्तिले लड्नेछौं

नेपालभ्युज

अमेरिकालाई इजरायलको जवाफ : सेनालाई प्रतिबन्ध लगाए सम्पूर्ण शक्तिले लड्नेछौं

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशको सेनामाथि लगाइने कुनै पनि प्रतिबन्धलाई अस्वीकार गर्ने बताएका छन् ।

अमेरिकाले इजरायली सेनाको एक इकाईलाई दिइने सहायता कटौती गर्न सक्ने खबर बाहिर आएको बेला नेतान्याहुले यस्तो बताएका हुन् ।

नेतान्याहुले भने, ‘म यसको विरूद्ध मेरो सम्पूर्ण शक्ति लगाएर लड्नेछु।’

एक्सियोस समाचार वेबसाइटका अनुसार अमेरिकाले वेस्ट बैंकमा कथित मानवअधिकार उल्लङ्घनको लागि इजरायलको नेत्जाह येहुदा बटालियनलाई निशाना बनाउन लागेको छ ।

यसको मतलब अमेरिकाले कुनै प्रतिबन्ध लगाएमा यो इकाईले कुनै पनि विदेशी सहायता पाउने छैन।

गत हप्ता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वेस्ट बैंकमा कथित मानवअधिकार उल्लङ्घनको बारेमा सोधपुछ गरेका थिए ।

यसको जवाफ दिँदै नेतान्याहुले भने, ‘मैले दृढ संकल्प लिएको छु, अबको केही दिनमा उहाँलाई भेट्नुहुनेछ ।’

अमेरिका इजरायलको मुख्य सहयोगी हो । र, अहिलेसम्म अमेरिकाले इजरायल डिफेन्स फोर्स (आईडीएफ) इकाईलाई निलम्बन गरेको छैन।

इजरायली सेनाले नेजाह येहुदा विरूद्धको आरोपलाई अस्वीकार गर्दै बटालियनले अन्तर्राष्ट्रिय कानून अनुसार काम गरिरहेको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved