इजरायलमा मर्मत भइरहेको न्यारोबडी जहाज सोमबार नेपाल आउँदै

नेपालभ्युज

इजरायलमा मर्मत भइरहेको न्यारोबडी जहाज सोमबार नेपाल आउँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने बताएका छन् ।

आइतबार मन्त्री तामाङले पत्रकारसँगको छलफल कार्यक्रममा लामो समयदेखि इन्जिन मर्मतको लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार आइपुग्ने जानकारी दिए ।

इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको उनले बताए । जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेड हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार गरे ।
मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताए ।

मन्त्री तामाङले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताए ।

‘म मन्त्री भएर आएपछि नेपाल वायुसेवा निगमको न्यारोबडी (नाइनएन–एकेएकस) जहाज ग्राउण्डेड भएको कुरा जानकारीमा थियो । निगमलाई दैनिक रुपमा घाटा भइरहेको छ । मन्त्रालयले चाँडै जहाज मर्मत सकेर ल्याउनको लागि निर्देशन दिइरहेका थियौं ’ मन्त्री तामाङले भने ।

मन्त्री तामाङले सरकारले मे २९ तारिकको दिन १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सगरमाथाको फेदमा दिवस बनाउने योजना बनाएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved