डोल्पाको जुफाल विमानस्थल आजदेखि नियमित सञ्चालनमा

नेपालभ्युज

डोल्पाको जुफाल विमानस्थल आजदेखि नियमित सञ्चालनमा

डोल्पा । धावनमार्ग मर्मतको काम सकिएपछि डोल्पाको जुलाफ विमानस्थल ५३ दिनपछि सञ्चालनमा आएको छ ।  बिहान नेपालगन्जबाट तारा एअरको विमान जुलाफ विमानस्थलमा अवतरण भएसँगै विमानस्थल नियमित सञ्चालनमा आएको हो ।

धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो । धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए ।

जोखिम मोलेर उडान गर्न नसकिने बताएपछि सरकारले मर्मत गरेको हो ।

जुलाफ डोल्पाको एकमात्र विमानस्थल हो । छ करोड रुपैयाँमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved