खोकना विवाद मिलाउँदै समयमै फास्ट ट्रयाक सम्पन्न गर्न सरकारलाई निर्देशन

नेपालभ्युज

खोकना विवाद मिलाउँदै समयमै फास्ट ट्रयाक सम्पन्न गर्न सरकारलाई निर्देशन

काठमाडौं । काठमाडौं–तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक) निर्धारित समयमै सम्पन्न गर्न प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकले आवश्यक सहयोग र संयोजन गर्दै समयमा सम्पन्न गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

द्रुत मार्गको ललितपुरस्थित खोकना क्षेत्रमा देखिएको समस्या तुरुन्तै समाधान गर्न पनि निर्देशन दिने निर्णय भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्र्याक निर्माण गर्न व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको ६ वर्षमा समग्र आयोजनाको प्रगति ३३.२० प्रतिशत पुगेको छ ।

साथै, समितिले सहजीकरण गर्नका लागि वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले दार्चुला–टिङ्कर सडकलगायतका सेनाले बनाउँदै गरेका सडकहरुलाई पर्याप्त बजेट उपलब्ध गराउन पनि निर्देशन दिएको छ । समितिले उक्त क्षेत्रमा काम गर्ने सबै सैनिकहरूलाई जोखिम भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved