अमेरिकाद्वारा आफ्ना कन्सुलर कर्मचारीलाई इजरायल यात्रामा प्रतिबन्ध

नेपालभ्युज

अमेरिकाद्वारा आफ्ना कन्सुलर कर्मचारीलाई इजरायल यात्रामा प्रतिबन्ध

काठमाडौं । अमेरिकाले आफ्ना कन्सुलर कर्मचारीलाई इजरायल भ्रमणमा प्रतिबन्ध लगाएको छ ।

कन्सुलर कर्मचारी र उनीहरूका परिवारको सुरक्षालाई ध्यानमा राख्दै अमेरिकाले यस्तो कदम चालेको हो ।

इजरायलस्थित अमेरिकी वाणिज्य दूतावासले भनेको छ, ‘कर्मचारीहरूलाई अर्को सूचना नभएसम्म यात्रा नगर्न भनिएको छ ।’ इजरायलको सुरक्षा स्थिति तनावग्रस्त छ ।

इरानले गत शनिबार राति इजरायली भूमिमा करिब ३०० मिसाइल र ड्रोन प्रहार गरेको थियो।

इजरायलले इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved