एसीसी प्रिमियर कप : नेपाल सेमिफाइनलमै रोकियो

गुम्यो एसिया कप खेल्ने अवसर

नेपालभ्युज

एसीसी प्रिमियर कप : नेपाल सेमिफाइनलमै रोकियो

काठमाडौं । साविक विजेता नेपाल एसीसी प्रिमियर कप क्रिकेटबाट बाहिरिएको छ । साविक विजेता नेपाल शुक्रबार भएको सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित भएको हो ।

योसँगै एसिया कपमा छनोट हुने अवसर पनि गुमेको छ । यो प्रतियोगिताको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ । नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर पार गर्यो ।

यूएईका लागि अलिशान शराफुले सर्वाधिक ५५ रन बनाउँदा विष्णु सुकुमारनले २८ रनको योगदान गरे । कप्तान मोहम्मद वसीमले ११ रन बनाए । साथै, सैयद हैदरले १४ रन जोडे ।

नेपालका लागि गुल्शन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा ११९ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए । उनले ४० बलमा ४ चौका र दुई छक्काको मद्धतमा ५० रन जोडे । गुल्शन झाले २०, करण केसीले १७ रन बनाए । अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा आसिफ शेखले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।

यूएईका लागि जुनैद सिद्दिकी, अली नसीर र बासिल हमिदले २/२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved