लगातार ओरालो यात्रामा नेप्से, खुम्चिँदै कारोबार रकम 

नेपालभ्युज

लगातार ओरालो यात्रामा नेप्से, खुम्चिँदै कारोबार रकम 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १९ दशमलव ५६ अंकले घटेर १९७२ दशमलव १४ को विन्दुमा पुगेको हो ।

आज ३१५ कम्पनीका ४० हजार ९ सय १२ पटकको कारोबारमा ५३ लाख ४४ हजार ६ सय १३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ९३ करोड ६१ लाख २ हजार ७ सय ९२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०४ अंकले बढेर ३५० दशमलव ४७ को विन्दुमा पुगेको छ ।
बिहीबार हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार ट्रेडिङ कम्पनीहरूको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved